२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रसुवा बाढी पहिरोका लागि राष्ट्रिय बीमा कम्पनीद्वारा २५ लाख सहयोग

images

  • २०८३ भदौ २४, बुधबार
  • 236
    SHARES
  • रसुवा बाढी पहिरोका लागि राष्ट्रिय बीमा कम्पनीद्वारा २५ लाख सहयोग

    काठमाडौँ : नेपाल–चीन सीमावर्ती रसुवा जिल्लामा हालै गएको बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनर्मार्गदर्शनमा सघाउन राष्ट्रिय बीमा कम्पनी लिमिटेड अघि बढेको छ। कम्पनीले विपद् प्रभावितहरूको तत्काल राहत र पुनर्स्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको हो।

    आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत छुट्याइएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। बाढीपीडित नागरिक तथा समुदायको दुःखी घडीमा मलम लगाउने र राज्यले चलाइरहेको उद्धार एवम् राहत अभियानलाई गति दिने उद्देश्यले यो सहयोग हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

    विपद्को यस कठिन समयमा पीडितहरूसँगै उभिने प्रतिबद्धता जनाउँदै कम्पनीले सुरक्षित, बलियो र उत्थानशील नेपाल निर्माणका लागि आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने बताएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ