२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

संसद् बैठकलाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछाने

images

  • २०८३ भदौ २४, बुधबार
  • 346
    SHARES
  • संसद् बैठकलाई सम्बोधन गर्दै रास्वपा सभापति  रवि लामिछाने

    काठमाडौँ : प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।

    रास्वपाका एक सांसदका अनुसार सभापति लामिछानेले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, पुनर्स्थापना तथा राहत वितरणका विषयमा संसद्को ध्यानाकर्षण गराउने छन्।

    आजको बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूचीसमेत तय गरेको छ। कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्ने छिन्।

    यसैगरी, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ पनि सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ