२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख पुनर्जागरण गर्दा बिलम्ब शुल्कमा भारी छुट

images

  • २०८३ भदौ २२, सोमबार
  • 226
    SHARES
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख पुनर्जागरण गर्दा बिलम्ब शुल्कमा भारी छुट

    काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले समयमा नविकरण बीमाशुल्क नबुझाई मोहलत अवधि नाघेर व्यतित (Lapsed) भएका आफ्ना बीमालेखहरू पुनः सुचारु (Revive) गर्न चाहने बीमितहरूका लागि बिलम्ब शुल्क (Late Fee/Interest) मा विशेष छुट दिने घोषणा गरेको छ।

    कम्पनीले २०८३ भाद्र १२ गतेदेखि २०८३ भाद्र ३१ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरी नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितहरूलाई यो सुविधा प्रदान गर्ने जनाएको छ।

    बिलम्ब शुल्क छुटको तालिका :

    व्यतित भएको अवधि (Lapsed Duration) : बिलम्ब शुल्क छुट प्रतिशत (Discount Rate)
    २ वर्षसम्म व्यतित बीमालेखमा : ७५% छुट
    २ देखि ३ वर्षसम्म व्यतित बीमालेखमा : ५०% छुट
    ३ वर्षभन्दा बढी अवधि व्यतित बीमालेखमा : २५% छुट

    अपवाद : 'समुन्नती जीवन बीमा योजना' र 'लोकप्रिय धनफिर्ता बीमा' योजनाहरूमा यो छुट सुविधा लागू हुने छैन।

    छुट योजनाका मुख्य शर्तहरू : 

    समर्पण (Surrender) सम्बन्धी नियम: यस योजना अन्तर्गत छुट पाएर पुनर्जागरण गरिएका बीमालेखहरू पुनर्जागरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा अघि मिनाहा गरिएको सम्पूर्ण बिलम्ब शुल्क रकम फिर्ता/कट्टा गरिनेछ।

    एकपटक मात्र सुविधा : यसअघि नै बिलम्ब शुल्क छुट सुविधा लिइसकेका बीमालेखहरूलाई यस योजनामा पुनः समावेश गरिने छैन। साथै, यसपटक छुट प्राप्त गर्ने बीमितहरूलाई सम्पूर्ण बीमा अवधिभर पुनः ब्याज/बिलम्ब शुल्क छुट दिइने छैन।

    अन्डराइटिङ्ग प्रक्रिया : बीमालेख पुनर्जागरण गर्न कम्पनीले तोकेको आवश्यक अन्डराइटिङ्ग (Underwriting) तथा स्वास्थ्य परीक्षण प्रक्रिया अनिवार्य पूरा गर्नुपर्नेछ।

    कम्पनीले आफ्ना ग्राहकहरूलाई यस अवसरको सदुपयोग गर्दै व्यतित भएका बीमालेखहरू समयमै सुचारु गरी जीवन सुरक्षाको दायरामा यथावत् रहन आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ