२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रिलायबल नेपाल लाइफको २ लाख बढी संस्थापक शेयर बिक्रीमा

images

  • २०८३ भदौ २१, आइतबार
  • 261
    SHARES
  • रिलायबल नेपाल लाइफको २ लाख बढी संस्थापक शेयर बिक्रीमा

    काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक समूहको २ लाख २ हजार ७ सय ९८ कित्ता शेयर बिक्रीमा ल्याएको छ।

    कम्पनीले जारी गरेको सूचना अनुसार हालका लागि उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेस गर्न आग्रह गरिएको छ।

    आवेदन दिन चाहने शेयरधनीहरूले कम्पनीको शेयर रजिस्ट्रार 'रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल'को बालुवाटार, काठमाडौंस्थित कार्यालय वा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिन सक्नेछन्।

    तोकिएको ३५ दिनको समयावधिभित्र संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेको खण्डमा वा शेयर पूर्ण रूपमा बिक्री नभएमा, उक्त शेयर सर्वसाधारण, अन्य व्यक्ति तथा संघ-संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ