२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्सेसंगै कारोबार रकम पनि वृद्धि

images

  • २०८३ भदौ १८, बिहीबार
  • 251
    SHARES
  • नेप्सेसंगै कारोबार रकम पनि वृद्धि

    काठमाडौँ : आज बिहीबार नेप्से परिसूचक ४.६६ अङ्कले बढेर बन्द भएको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्से परिसूचक ४.६६ अङ्कको बढेर २ हजार ५ सय ४२ दशमलव ७७ विन्दुमा पुगेको हो।

    आज बिहीबार सेन्सेटिभ इण्डेक्स ०.३१ अङ्क, फ्लोट इण्डेक्स ०.१५ अङ्क तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अङ्क बढेको छ। आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ

    यस्तै , आज ३ सय ४६ कम्पनीको ४० हजार ६ सय ९२ पटकको कारोबारमा ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ६३ हजार कित्ता शेयर कारोबार भएको छ भने हिजो बुधवार २ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

    यस गरी, आज रिलायन्स स्पिनिङ्ग मिल्सको शीर्ष स्थानमा ४० करोड ९० लाख रुपैयाँ, सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब साढे १३ करोड तथा  सोलु हाइड्रोपावरको कारोबार रकम साढे १२ करोड रुपैयाँको कारोबार भएको छ। 

    यस्तै, आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सर्वाधिक ८.७६ प्रतिशत बढेको छ भने पियाेर इनर्जीकाे शेयर सर्वाधिक १३.३३ प्रतिशत घटेकाे छ। आज १ सय ४५ कम्पनीको शेयर मूल्य बढेको छ र १ सय २३ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ