२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एसीसी प्रिमियर कप : आज नेपालले आयोजक मलेसियासँग खेल्दै

images

  • २०८३ भदौ १८, बिहीबार
  • 686
    SHARES
  • एसीसी प्रिमियर कप : आज नेपालले आयोजक मलेसियासँग खेल्दै

    काठमाडौँ : एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा आयोजक राष्ट्र मलेसियाको सामना गर्दैछ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभल मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ।

    प्रतियोगितामा सुखद सुरुवात गरेका दुवै टोली आज लगातार दोस्रो जित दर्ता गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछन्। नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा बहराइनलाई ७ विकेटले सहजै पराजित गरेको थियो भने मलेसियाले पनि आफ्नो पहिलो खेल जित्दै २ अंक जोडिसकेको छ।

    अंकतालिकाको समूह ‘ए’ मा नेपाल र मलेसिया दुवैको समान २ अंक रहे पनि नेट रनरेटमा अगाडि रहँदै नेपाल शीर्ष स्थानमा छ।

    आगामी तालिका :

    भदौ २१ गते : साउदी अरेबियाविरुद्ध नेपाल

    भदौ २३ गते : हङकङविरुद्ध नेपाल  (समूह चरणको अन्तिम खेल)

    कुल १० टोली सहभागी यस प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। 

    समूह ‘ए’ : नेपाल, मलेसिया, बहराइन, हङकङ र साउदी अरेबिया

    समूह ‘बी’ : यूएई, ओमान, कुवेत, कतार र सिङ्गापुर

    दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ २७ गते शनिबार हुनेछ भने यसको उपाधि जित्ने टोली आगामी वर्ष आयोजना हुने प्रतिष्ठित एसिया कपका लागि छनोट हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ