२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विपद् प्रभावितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा ६० लाख सहयोग

images

  • २०८३ भदौ १७, बुधबार
  • 191
    SHARES
  • विपद् प्रभावितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा ६० लाख सहयोग

    काठमाडौँ : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई राहत, उद्धार र पुनस्र्थापनाका लागि ६० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

    अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’का लागि सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो।

    उक्त हस्तान्तरण कार्यक्रममा कम्पनीका सञ्चालक शशांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेलको समेत उपस्थिति रहेको थियो। कम्पनीले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतक आत्माको चिर शान्तिको कामना गरेको छ। साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ