२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

देशभर वर्षा र हिमपातको सम्भावना : बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुने

images

  • २०८३ भदौ १७, बुधबार
  • 251
    SHARES
  • देशभर वर्षा र हिमपातको सम्भावना : बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुने

    काठमाडौँ : नेपालमा आज देशभरको मौसम बदली भई हिमाली तथा पहाडी भू-भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनेछ।

    दिउँसोको मौसम अवस्था : 

    • हिमाली क्षेत्र : केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

    • पहाडी क्षेत्र : अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।

    • तराई क्षेत्र : बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

    • भारी वर्षाको चेतावनी : देशका हिमाली भू-भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    रातिको मौसम अवस्था आज राति पनि देशभर सामान्यतया बदली रहनेछ।

    • हिमाली तथा पहाडी भू-भाग : केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा वा हिमपात हुनसक्छ।

    • तराई क्षेत्र : थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना कायम रहनेछ।

    • विशेष जोखिम : रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको जोखिम रहेको महाशाखाले जनाएको छ।

    देशका तराई भू-भागका थोरै स्थानमा स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ