२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

निफ्राद्वारा लाभांश घोषणा

images

  • २०८३ भदौ १५, सोमबार
  • 211
    SHARES
  • निफ्राद्वारा लाभांश घोषणा

    काठमाडौँ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हालै सम्पन्न बैठकले आव २०८२/८३ को सञ्चित वितरणयोग्य मुनाफाबाट कुल ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

    हाल बैंकको चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। सोही पुँजीका आधारमा करसहित १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँबराबरको नगद लाभांश बाँडफाँड गर्ने तयारी बैंकको छ।

    उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ