२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रसुवा बाढी : सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री उद्धार कोषलाई साढे २ करोडभन्दा बढी सहयोग

images

  • २०८३ भदौ १५, सोमबार
  • 246
    SHARES
  • रसुवा बाढी : सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री उद्धार कोषलाई साढे २ करोडभन्दा बढी सहयोग

    काठमाडौँ : रसुवाको भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सिद्धार्थ बैंक लिमिटेडले २ करोड ५१ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

    बैंकले सो रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ। उक्त सहयोग रकमको चेक सिद्धार्थ बैंकका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत (CEO) रामेश्वर प्रसाद बश्यालले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो।

    प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रका नागरिकको जनजीवन छिटै सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरेको छ।

    संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कठिन परिस्थितिमा नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ। बैंकले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यहरूमा योगदान पुर्‍याउँदै आएको र भविष्यमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ