२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रधानमन्त्री राहत कोषमा साढे ५ अर्बभन्दा बढी संकलन

images

  • २०८३ भदौ १४, आइतबार
  • 656
    SHARES
  • प्रधानमन्त्री राहत कोषमा साढे ५ अर्बभन्दा बढी संकलन

    काठमाडौं: बाढी, पहिरो तथा विभिन्न प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’मा रकम संकलन हुने क्रम जारी रहेको छ। स्वदेश तथा विदेशमा रहेका सर्वसाधारण, विभिन्न संघ-संस्था र दाताहरूबाट प्राप्त भइरहेको आर्थिक सहयोगको पछिल्लो विवरण सरकारले सार्वजनिक गरेको छ।

    मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सञ्चालित ‘उद्धार अनुरोध पोर्टल’ र विभिन्न बैंक खातामार्फत कोषमा प्राप्त भइरहेको रकमको विवरण पारदर्शी रूपमा अध्यावधिक भइरहेको जनाइएको छ।

    पछिल्लो विवरण अनुसार राहत कोषका लागि तोकिएका ९ वटा वाणिज्य बैंकहरूमा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५ सय ८५ रुपैयाँ संकलन भइसकेको छ। यसका अतिरिक्त, विदेशी मुद्रातर्फ हिमालयन बैंक र लक्ष्मी बैंकमा रहेका खाताहरूमा गरी कुल २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको छ।

    कोषमा जम्मा भएको उक्त रकमलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी ढङ्गले राहत तथा पुनर्स्थापनाका कार्यहरूमा कसरी परिचालन गर्ने भन्नेबारे द्रुत गतिमा छलफल र तयारी भइरहेको सरकारले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ