२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नाइमाद्वारा बाढी प्रभावितका लागि ५० लाख सहयोग

images

  • २०८३ भदौ १४, आइतबार
  • 286
    SHARES
  • नाइमाद्वारा बाढी प्रभावितका लागि ५० लाख सहयोग

    काठमाडौँ : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवास्थित भोटेकोशी नदीको बाढीबाट प्रभावित भएका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने भएको छ।

    बाढीका कारण पुगेको मानवीय र भौतिक क्षतिप्रति नाइमाले गहिरो दुःख व्यक्त गर्दै सहयोगको निर्णय गरेको हो। विपत् सुरु भएदेखि नै आफ्ना सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक माध्यमबाट उद्धार र राहतका कार्यमा सक्रिय भूमिका खेलिरहेको नाइमाले जनाएको छ।

    सहयोगबारे जानकारी दिँदै नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले आपत्कालीन समयमा प्रभावित नागरिक र सरकारको हात बलियो बनाउनु निजी क्षेत्रको पनि उत्तरदायित्व भएको बताइन्। उनले सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको मजबुत सहकार्यले मात्र राहत र पुनर्स्थापनालाई द्रुत तथा प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरिन्। साथै, संकटको यो घडीमा हातेमालो गर्ने सम्पूर्ण सदस्य संस्थाहरूलाई उनले धन्यवाद समेत दिएकी छन्।

    नाइमाले खोज, उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका सरकारी निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय संघ-संस्थाको योगदानको प्रशंसा गरेको छ। साथै, सम्पूर्ण अटोमोबाइल तथा मोबिलिटी क्षेत्रसँग जोडिएका सरोकारवालाहरूलाई आफ्नो क्षमता र स्रोतले भ्याएसम्म पीडितको सहयोगमा जुट्न पनि आह्वान गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ