२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हाइड्रोपावरको सुरुङबाट ४३ विदेशीसहित २०८ जनाको उद्धार

images

  • २०८३ भदौ १३, शनिबार
  • 201
    SHARES
  • हाइड्रोपावरको सुरुङबाट ४३ विदेशीसहित २०८ जनाको उद्धार

    काठमाडौँ : रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज दिउँसोसम्म ४३ विदेशीसहित २ सय ८ नागरिक त्रिशूली-३ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएको छ ।

    सुरुङमा रहेका ३८ चिनियाँ र ५ भारतीयसहित २ सय ८ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धारका लागि रहेको संयुक्त टोलीले ‘ड्रिलिङ मेसिन’लगायत सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ ।

    साथै, प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङलगायत नेपाली सेनाको करिब ७ हजारभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार कार्य, आपतकालीन उपचार तथा शव व्यवस्थापन कार्य भइरहेको सेनाले जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ