२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रसुवा बाढी : शनिबार दिउँसो ४ बजेसम्म ६६९ जनाको शव फेला

images

  • २०८३ भदौ १३, शनिबार
  • 256
    SHARES
  • रसुवा बाढी : शनिबार दिउँसो ४ बजेसम्म ६६९ जनाको शव फेला

    काठमाडौँ : बाढी पहिरोका कारण देशका विभिन्न भागमा ज्यान गुमाउनेहरूको संख्या ६ सय ६९ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शनिबार दिउँसो ४ बजेसम्म सो संख्यामा शव फेला परेका हुन्।

    विपद्बाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये चितवनमा सर्वाधिक मानवीय क्षति भएको छ। प्रहरी तथ्यांकअनुसार विभिन्न जिल्लाहरूमा फेला परेका शवहरूको विवरण यस प्रकार छ।

    • चितवन : २४८

    • पूर्वी नवलपरासी : १५८

    • पश्चिम नवलपरासी : ७५

    • गोरखा : ५४

    • धादिङ : ४९

    • नुवाकोट : ४१

    • तनहुँ : ३१

    • रसुवा : १३

    यसैबीच, बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ३ सय १ जना घाइतेको सकुशल उद्धार गरिएको छ। सुरक्षा तथा उद्धार कार्यमा खटिएका क्रममा बेपत्ता हुने प्रहरी कर्मचारीहरूको संख्या २७ रहेको छ।

    यसैगरी बाढीमा परी घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्या २ हजार ३ सय ७१ पुगेको छ जसमा रसुवामा ६ सय ७६, नुवाकोटमा १ हजार ६ सय २२ र धादिङमा ३ जनाको उद्धार गरिएको छ। उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको सङ्ख्या १ सय ४० रहेको नेपाल प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ