२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख उपलब्ध

images

  • २०८० कात्तिक २४, शुक्रबार
  • 701
    SHARES
  • मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख उपलब्ध

    कात्तिक २४, मुगु : मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु १ लाख उपलब्ध गराएको छ। छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो।

    कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए। छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो। नगरपालिकाको १२ औँ नगरसभाले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको नगरप्रमुख विष्णु कुमार भामले जानकारी दिनुभयो। 

    “यस्तो प्रोत्साहनले समाजमा जातीय विभेद कम गर्न सहयोग पु¥याउँछ”, नगरप्रमुख भामले विश्वास व्यक्त गर्नुभयो– “यस्तो कार्यक्रम देशका अन्य स्थानीय तहले पनि ल्याउन जरुरी छ।” 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ