२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्वारा २५ लाख सहयोग

images

  • २०८३ भदौ ११, बिहीबार
  • 356
    SHARES
  • बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्वारा २५ लाख सहयोग

    काठमाडौँ : कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुक‍ो उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

    बैंकको सञ्चालक समितिको निर्णयअनुसार संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत १० लाख रूपैयाँ र बैंकमा कार्यरत कर्मचारीहरूको एक दिनको तलब बापतको १५ लाख रूपैयाँ गरी कुल २५ लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरिएको बैंकले जनाएको छ। सो सहयोग रकम 'प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष' मा जम्मा गरिएको छ।

    प्राकृतिक विपद्को यस कठिन घडीमा पीडित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न र राहत तथा उद्धार कार्यलाई तीव्रता दिन यस सहयोगले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

    बैंकले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै,  बैंकले विपदको समयमा उद्धार, राहत तथा व्यवस्थापन कार्य सक्रिय रुपमा खटिनुभएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानिय तह, स्वयंसेवक तथा सम्पुर्ण सहयोगी हातहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । 

    May be an image of text

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ