काठमाडौँ : एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आज बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले १० प्रतिशत नगद लाभांश र बोनस सेयरमा लाग्ने कर र ५ प्रतिशत गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९ सय २४ रुपैयाँ रहेको छ। उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साभारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com