२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काठमाडौँ महानगरको बजेट खर्च ५८.५५ प्रतिशत, राजस्व संकलनमा ९० करोड वृद्धि

images

  • २०८३ भदौ ११, बिहीबार
  • 306
    SHARES
  • काठमाडौँ महानगरको बजेट खर्च ५८.५५ प्रतिशत, राजस्व संकलनमा ९० करोड वृद्धि

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कुल विनियोजित बजेटको ५८.५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। महानगरको योजना अनुगमन तथा मूल्याङ्कन एकाइद्वारा आयोजित वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको विवरण अनुसार अघिल्लो आर्थिक वर्ष (५०.२९ प्रतिशत) को तुलनामा यस वर्ष खर्च करिब ८ प्रतिशतले बढेको हो।

    महानगरका ३२ वटै वडाको औसत खर्च ६३.९१ प्रतिशत पुगेको छ भने केन्द्रीय विभागहरूको औसत खर्च ३८.३४ प्रतिशतमा सीमित रहेको छ।

    बजेट तथा खर्चको अवस्था : 

    कुल विनियोजित बजेट : २५ अर्ब २६ करोड २६ लाख ३१ हजार रुपैयाँ 

    कुल खर्च : १४ अर्ब ७९ करोड २० लाख ५२ हजार रुपैयाँ 

    चालु खर्च : ७ अर्ब १२ करोड ७८ लाख रुपैयाँ  (७३.७१ प्रतिशत)

    पुँजीगत खर्च : ७ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ (४९.०८ प्रतिशत)

    आयोजना तथा क्षेत्रगत प्रगति :

    प्रशासनिक क्षेत्र: सबैभन्दा बढी ९०.८८ प्रतिशत वित्तीय प्रगति

    पूर्वाधार विकास : ५९.९५ प्रतिशत वित्तीय प्रगति (भौतिक प्रगति ९१ प्रतिशत)

    सामाजिक विकास : ५५.८ प्रतिशत खर्च ( बजेट: ६ अर्ब २० करोड रुपैयाँ)

    सुशासन तथा अन्य : ३१.४३ प्रतिशत खर्च ( बजेट: ३ अर्ब ४३ करोड रुपैयाँ)

    आर्थिक विकास : ३०.९४ प्रतिशत खर्च ( बजेट: ६९ करोड ४९ लाख रुपैयाँ)

    राजस्व संकलनमा सुधार : 
    चालु आर्थिक वर्षमा १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखिएकामा ६७.७८ प्रतिशत अर्थात् ६ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ संकलन भएको छ जुन अघिल्लो वर्षभन्दा ९० करोड रुपैयाँ बढी हो। अनुदान र राजस्व बाँडफाँडसहित महानगरको कुल आम्दानी १२ अर्ब ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

    मुख्य राजस्व शीर्षकहरूमा सिफारिस दस्तुरबाट ८२.२३%, नक्सापास दस्तुरबाट ७८.६४%, सम्पत्ति करबाट ७०.१२% र बहाल करबाट ६३.२२% प्रगति हासिल भएको छ।

    कागजी होइन, फिल्डको काममा जोड :
    कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले खरिद प्रक्रिया असोजभित्रै सम्पन्न गर्न निर्देशन दिँदै नागरिकले फिल्डमा देखिने नतिजा चाहेको बताउनुभयो। उहाँले पहुँचयुक्त र वातावरणमैत्री विकासका लागि कामको गति बढाउनुपर्नेमा जोड दिनुभयो।

    त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले अनलाइन सेवाको संस्थागत विकास गर्दै 'फेसलेस, पेपरलेस र क्यासलेस' शासन प्रणाली निर्माणमा जोड दिनुभएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ