२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

टप एन्ड टी–२० सिरिज: लगातार तेस्रो जितको खोजीमा नेपाल ‘ए’, आज हैदराबादसँग भिड्दै

images

  • २०८३ भदौ ११, बिहीबार
  • 296
    SHARES
  • टप एन्ड टी–२० सिरिज: लगातार तेस्रो जितको खोजीमा नेपाल ‘ए’, आज हैदराबादसँग भिड्दै

    काठमाडौँ : अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ ले आज आफ्नो चौथो खेलमा हैदराबाद किङ्समेन एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ। अष्ट्रेलियाको डार्विनस्थित गार्डेन ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ९ बजेदेखि सुरु हुनेछ।

    प्रतियोगितामा सुखद यात्रा कायम राखेको नेपाल ‘ए’ आजको खेल जित्दै जितको ह्याट्रिक गर्ने दाउमा छ। जारी सिरिजका सुरुवाती खेलमा मिश्रित नतिजा निकालेको नेपालले पछिल्ला दुई खेलमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको थियो।

    तालिकाको अंकगणितका हिसाबले दुवै टोली समान अवस्थामा छन्। प्रतियोगितामा नेपाल ‘ए’ र हैदराबाद किङ्समेन दुवै टोलीले समान ४–४ अंक जोडेका छन्। यसर्थ, सेमिफाइनल यात्रालाई बलियो बनाउन दुवै टोलीका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ।

    नेपाल ‘ए’ का ब्याटर तथा बलरहरू पछिल्ला खेलहरूमा लयमा देखिएकाले टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ। आजको खेलमा जित हासिल गर्न सके नेपाल ‘ए’ ले अंक तालिकामा आफ्नो स्थिति थप सुदृढ बनाउनेछ।

    नेपाल ‘ए’ टोलीमा अनिलकुमार शाह (कप्तान), कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री रहेका छन्।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ