२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रसुवा बाढी : ८ जिल्लामा १६२ जनाको शव फेला

images

  • २०८३ भदौ ११, बिहीबार
  • 301
    SHARES
  • रसुवा बाढी : ८ जिल्लामा १६२ जनाको शव फेला

    काठमाडौँ : रसुवा जिल्लाबाट सुरु भएको विनाशकारी बाढीका कारण हालसम्म १६२ जनाको ज्यान गएको पुष्टि भएको छ। नेपाल प्रहरीले बिहीबार बिहान ५ बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार बाढीमा परी ज्यान गुमाएका पीडितहरूको शव ८ वटा फरक-फरक जिल्लाबाट फेला पारिएको हो।

    प्रहरीको प्रतिवेदन अनुसार सबैभन्दा बढी शव चितवन जिल्लामा ६४ जनाको शव फेला परेको छ। यसैगरी धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २० र नुवाकोटमा १२ जनाको शव भेटिएको छ। त्यस्तै तनहुँमा ९, नवलपरासी पश्चिममा २ र बाढीको उत्पत्तिस्थल रसुवामै २ जनाको शव फेला परेको छ। नदीले बगाएर टाढासम्म पुर्‍याएका कारण तल्लो भेगका जिल्लाहरूमा मृतकको संख्या उच्च देखिएको हो।

    घटनालगत्तै उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली तीव्र रूपमा परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले नदी किनार, कटान क्षेत्र र बाढी प्रभावित स्थानहरूमा हराइरहेका अन्य सम्भावित व्यक्तिहरूको खोजी कार्यलाई रातदिन निरन्तरता दिइरहेका छन्। साथै, स्थानीय बासिन्दाहरूले पनि उद्धार र शव संकलन कार्यमा सुरक्षा निकायलाई पूर्ण सहयोग गरिरहेका छन्।

    मौसम र नदीको बहाव अझै पूर्ण रूपमा सामान्य भइनसकेकाले नदी आसपासका तल्लो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ