काठमाडौँ : बुधबार बिहान तिब्बत क्षेत्रबाट अचानक आएको ठूलो बाढीका कारण रसुवास्थित भोटेकोशी नदीको सतह ह्वात्तै बढेको छ। बिहान करिब ९:१५ बजेतिर चीनको तिब्बततर्फबाट ठूलो परिमाणमा धमिलो पानी र बहाव बढेको स्थानीय प्रशासनले जनाएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढीको खबर प्राप्त हुनासाथ प्रभावित क्षेत्रमा टोली खटाइएको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।
भोटेकोशीमा आएको यस अस्वाभाविक बाढीका कारण तल्लो तटीय भूभागहरूमा जोखिम बढेको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन भएर बग्ने नदी किनारका बासिन्दाहरूलाई विशेष सावधानी र उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।