२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनसेलद्वारा नक्कली नगद पुरस्कार र फिसिङ स्क्यामबारे सतर्कता रहन आग्रह

images

  • २०८३ भदौ ९, मंगलबार
  • 361
    SHARES
  • एनसेलद्वारा नक्कली नगद पुरस्कार र फिसिङ स्क्यामबारे सतर्कता रहन आग्रह

    काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले आफ्नो नाम र लोगो दुरुपयोग गरी वार्षिकोत्सवका अवसरमा नगद पुरस्कार जित्ने भ्रामक योजनाबारे ग्राहकहरूलाई सजग गराउँदै सार्वजनिक सूचना जारी गरेको छ।

    स्क्यामरहरूले एनसेलको आधिकारिक नाम र लोगो दुरुपयोग गर्दै विभिन्न फेसबुक पेज, लिङ्क, पोस्ट, स्क्रिनसट, कमेन्ट र सन्देशहरूमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पारिरहेको जानकारी आएको भन्दै कम्पनीले सतर्क रहन आग्रह गरेको छ। एनसेलले यस्ता भ्रामक प्रचारसँग सम्बन्धित पेज वा लिङ्कमा क्लिक गरी आफ्नो व्यक्तिगत विवरण नदिन अनुरोध गरेको छ।

    सूचनाका मुख्य मुख्य अंशहरू :

    जोखिमहरू : अनधिकृत रूपमा सञ्चालित पेज, लिङ्क वा वेबसाइटका भुटा प्रचारमा विश्वास गर्दा व्यक्तिगत विवरण चोरी हुने र एकाउन्ट ह्याक हुनेजस्ता गम्भीर जोखिम रहन्छन्।

    कम्पनीको स्पष्टीकरण : एनसेलले त्यस्तो कुनै पनि वार्षिकोत्सव नगद पुरस्कार योजना सञ्चालन नगरेको स्पष्ट पारेको छ।

    आधिकारिक स्रोत : आधिकारिक रूपमा उपलब्ध गराइएको सूचना तथा कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजमा उपलब्ध जानकारीलाई मात्र विश्वास गर्न अनुरोध गरिएको छ।

    Ncell_Notice.jpg
    Ncell 
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ