२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हिमालयन लाइफका पूर्वसीईओ मनोजकुमार २५ लाख धरौटीमा रिहा

images

  • २०८३ भदौ ९, मंगलबार
  • 256
    SHARES
  • हिमालयन लाइफका पूर्वसीईओ मनोजकुमार २५ लाख धरौटीमा रिहा

    काठमाडौँ : विशेष अदालतले सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचार मुद्दामा मुछिएका हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

    न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले कर्णलाई २५ लाख नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाएर तारिखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउने आदेश दिएको हो। अदालतको सर्तअनुसार धरौटी बुझाउन नसकेमा भने उनलाई कारागार पठाउन भनिएको छ। कर्णमाथि पदको दुरुपयोग गरी ७ अर्ब २२ करोड ४६ लाख ८५ हजार ९ सय ७४ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन, प्रयोग तथा स्रोत लुकाएको गम्भीर अभियोग छ।

    अख्तियार तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आरोपपत्रअनुसार उनले हिमालयन लाइफको सीईओ छँदा अन्य व्यक्तिहरूसँगको मिलेमतोमा नेपाल रिइन्स्योरेन्सको सेयर कर्नरिङ गरेको, मूल्यमा अस्वाभाविक उतारचढाव ल्याएको र बिमा कोषको रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको उल्लेख छ।

    यता अदालतसमक्ष बयान दिँदै कर्णले भने आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले नियामक निकाय बिमा प्राधिकरणको पूर्वस्वीकृति लिएर कम्पनीको मुनाफाका लागि मात्र सेयर लगानी गरिएको र कृत्रिम मूल्य सिर्जना वा कोषको रकम दुरुपयोगमा आफ्नो कुनै भूमिका नरहेको बताएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ