२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुपर मादी हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८३ भदौ ९, मंगलबार
  • 281
    SHARES
  • सुपर मादी हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र  नगद कति ?

    काठमाडौँ:  सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। यसअनुसार कम्पनीले ३४ करोड ७२ लाख ८७ हजार ५ सय  रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनका लागि आवश्यक नगद रकम वितरण गर्नेछ।

    विद्युत् नियमन आयोगबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश सेयरधनीहरूले प्राप्त गर्नेछन्।

    साधारण सभा र बुकक्लोज सम्बन्धी जानकारी:

    • साधारण सभा मिति: २०८३ असोज १ गते, बिहीबार

    • समय : बिहान ११ बजेदेखि 

    • सभा हुने स्थान : होटल इम्पेरियल, काठमाडौँ

    • बुकक्लोज मिति : २०८३ भदौ २२ गते

    भदौ १८ गतेसम्म सेयर कायम राख्ने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ