२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रोड टु युएफसी' सेमिफाइनल : २८ अगस्टमा कासिब मोर्डकसँग भिड्दै रविन्द्र

images

  • २०८३ भदौ ८, सोमबार
  • 321
    SHARES
  • रोड टु युएफसी' सेमिफाइनल : २८ अगस्टमा कासिब मोर्डकसँग भिड्दै रविन्द्र

    काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट ‘बझाङको बाघ’ को बहुप्रतिक्षीति प्रतिस्पर्धा नजिकिँदै गएको छ। 'रोड टु युएफसी' (Road to UFC) को सेमिफाइनल अन्तर्गत आगामी २८ अगस्ट (भाद्र १२) मा रविन्द्रले न्युजिल्यान्डका अपराजित फाइटर कासिब मोर्डकसँग (Kasib Murdoch) प्रतिस्पर्धा गर्दैछन्।

    चीनको सङ्घाईमा हुने यस रोमान्चक भिडन्तमा जित निकाल्ने फाइटरले सीधै फाइनलको यात्रा तय गर्नेछ। विश्वकै प्रतिष्ठित फाइटिङ अर्गनाइजेसन ‘युएफसी’ (UFC) मा सम्झौता पक्का गर्नका लागि यो सेमिफाइनल खेल दुवै फाइटरका लागि निकै निर्णायक मानिएको छ।

    यसअघि मे महिनामा भएको क्वार्टरफाइनल खेलमा फिलिपिन्सका किमबर्ट अलिन्पोजोनलाई दोस्रो राउन्डमा टीकेओ (TKO) मार्फत पराजित गर्दै रविन्द्रले ऐतिहासिक सेमिफाइनल यात्रा तय गरेका थिए। १० जित र १ हारको उत्कृष्ट व्यावसायिक रेकर्ड बनाएका रविन्द्र यसपटक पनि आफ्नो उत्कृष्ट स्ट्राइकिङ र नकआउट क्षमता प्रदर्शन गर्दै फाइनल पुग्ने लक्ष्यमा रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ