२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

१२ करोड लागतमा कपिलवस्तुको मायादेवीमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन 

images

  • २०८३ भदौ ८, सोमबार
  • 251
    SHARES
  • १२ करोड लागतमा कपिलवस्तुको मायादेवीमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन 

    काठमाडौँ : कपिलवस्तुको मायादेवी गाउँपालिका–५ स्थित सिहोरहवामा करिब रु १२ करोडको लगानीमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालनमा आएको छ। स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्यसहित स्थापित यस उद्योगले ‘राइस ब्रान’ खाने तेल उत्पादन गर्न थालेको छ।

    उद्योगका प्रबन्धक ओमशङ्कर उपाध्यायका अनुसार हाल ८० जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योगले वार्षिक ४ हजार ५ सय मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य राखेको छ। मानव स्वास्थ्यका लागि उपयुक्त मानिने यस तेलमा भिटामिन ‘ए’ र ‘डी’ समेत समावेश (फोर्टिफाइड) गरिएको छ।

    गुणस्तरीय र स्वास्थ्यवर्द्धक तेल बजारमा पुर्‍याउने उद्देश्य रहेको बताउँदै प्रबन्धक उपाध्यायले हाल तेलको बजार मूल्य प्रतिलिटर रु ३ सय ६५ निर्धारण गरिएको जानकारी दिए।

    स्थानीयस्तरमा उद्योग सञ्चालनमा आएसँगै गाउँपालिकावासीले रोजगारी पाएको भन्दै मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले खुशी व्यक्त गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ