२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

images

  • २०८३ भदौ ५, शुक्रबार
  • 296
    SHARES
  • नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

    काठमाडौँ : नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त  नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार नागरिक लगानी कोष (नागरिक लगानी ट्रस्ट) को कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त भएका छन्।

    मन्त्रिपरिषद्को बैठकले नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम कार्कीलाई उक्त जिम्मेवारी सुम्पेको हो। कार्की नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। यसअघि उनले नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।  

    उनले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट बैंकिङ तथा फाइनान्समा स्नातकोत्तर (MBF) र त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। कार्कीले यसअघि पनि खुल्ला प्रतिस्पर्धाबाट छनोट भई नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन्। 

    बैंकिङ, वित्तीय बजार तथा केन्द्रीय बैंकिङ क्षेत्रमा लामो अनुभव भएका कार्कीको नेतृत्वले नागरिक लगानी कोषको व्यवस्थापन तथा वित्तीय सुशासनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ