काठमाडौँ : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिएको थियो । कम्पनीले सेयरधनीहरूका लागि जारी गरेको कुल १० लाख ७५ हजार कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको हो।
कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिएको थियो । हकप्रद सूचीकरणपछि कम्पनीको कुल सूचीकृत सेयर संख्या २ करोड ३६ लाख ५० हजार कित्ता पुगेको छ। सेयर नेप्सेमा सूचीकृत भएसँगै अब सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद-बिक्री गर्न पाइनेछ।



