२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नाइमा साढे चार हजार नयाँ सवारी बुकिङ, कुन कम्पनीको कति ?

images

  • २०८३ भदौ ४, बिहीबार
  • 346
    SHARES
  • नाइमा साढे चार हजार नयाँ सवारी बुकिङ, कुन कम्पनीको कति ?

    काठमाडौँ : भृकुटीमण्डपमा सम्पन्न भएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ मा सवारी साधनको बुकिङ उत्साहजनक देखिएको छ। ६ दिनसम्म सञ्चालित मेलाको समापनमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार चार पाङ्ग्रे र दुई पाङ्ग्रे गरी कुल ४ हजार ४ सय ७० भन्दा बढी सवारी साधन बुकिङ भएका छन्। ६ दिन सञ्चालित यस एक्स्पोको अवधिभर १ लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताहरूले सहभागिता जनाएको  थिए।

    चार पाङ्ग्रे सवारी साधनतर्फ कुल ३ हजार २ सय ९० युनिट बुकिङ भएको छ जहाँ  चिनियाँ ईभी ब्रान्ड बीवाईडीले सर्वाधिक १ हजार युनिट बुकिङका साथ बजारमा आफ्नो बलियो पकड कायम गरेको छ। यस्तै, टाटा र चेरीले समान ७००-७०० युनिट बुकिङ प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्

    यस्तै, अन्य प्रमुख ब्रान्डहरूमा लिपमोटरले २०० युनिट, हुन्डाईले १५० युनिट र महिन्द्रा तथा एमजीले समान १००-१०० युनिट बुकिङ पाएका छन् भने कियाको ७०, होङ्ग्छीको ५५ तथा ओमोडा जेको र आईकारको समान ५०-५० युनिट बुकिङ भएको छ।

    यसै गरी,  दुई पाङ्ग्रे सवारी साधनतर्फ कुल १ हजार १ सय ८० युनिट बुकिङ भएको छ जसमा इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरले सबैभन्दा बढी ४ सय  युनिट बुकिङ प्राप्त गरेको छ भने सिएक्स मोटो र टिभीएसले समान २००-२०० युनिट बुकिङ हासिल गरेका छन्। 

    त्यस्तै,  प्रिमियम ब्रान्डतर्फ ट्रायम्फ र रोयल इन्फिल्डले पनि समान १००-१०० युनिटको उत्साहजनक बुकिङ पाएका छन्। साउन २६ देखि ३१ सम्म भृकुटीमण्डपमा चलेको मेलाले सवारी खरिद गर्न चाहनेहरूका लागि एउटै थलोमा विभिन्न विकल्प र सुलभ बैंक फाइनान्सिङको अवसर प्रदान गरेको थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ