२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

डेपुटी गर्भनर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

images

  • २०८३ भदौ ४, बिहीबार
  • 336
    SHARES
  • डेपुटी गर्भनर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    काठमाडौँ : आज नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्र बैंकमा आयोजित विशेष समारोहमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष  उहाँले शपथ लिनुभएको हो।

    मन्त्रिपरिषद्को भदौ ३ गतेको बैठकले रावललाई डेपुटी गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। शपथ ग्रहणसँगै उहाँले आजै आफ्नो पदभारसमेत सम्हाल्नुभएको छ। सो अवसरमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

    यस्तै, डेपुटी गभर्नर रावल वि.सं.२०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवामा प्रवेश गर्नुभएको थियो भने उहाँ वि.सं.२०६९ मा उप-निर्देशक तथा वि.सं.२०७५ मा निर्देशक हुँदै वि.सं.२०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति हुनुभएको थियो । पदोन्नति पश्चात् उहाँले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आउनुभएको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ