काठमाडौँ : साल्ट ट्रेडिङ कर्पोरेसनको ९.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गरेको बोनस बापतको कुल कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको कुल ९.५० प्रतिशत बोनस सेयर सूचीकरण भएको छ। कम्पनीको ९.५ प्रतिशत दरको कुल ३ लाख ४ हजार ६ सय ८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो र योसँगै कम्पनीको सूचीकृत सेयर संख्या ३५ लाख ११ हजार ८ सय ५२ कित्ता पुगेको छ ।
सेयर नेप्सेमा सूचीकृत भएसँगै अब सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद-बिक्री गर्न पाइनेछ। बोनस सेयर सूचीकरणसँगै साल्ट ट्रेडिङ कर्पोरेसनको चुक्ता पुँजीमा वृद्धि भएको छ।