२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

म्याक्सस ई–टेरेनमा भदौ १५ सम्म अफर, प्रिमियम भर्सनमा ५ लाखसम्म छुट

images

  • २०८३ भदौ ३, बुधबार
  • 346
    SHARES
  • म्याक्सस ई–टेरेनमा भदौ १५ सम्म अफर, प्रिमियम भर्सनमा ५ लाखसम्म छुट

    काठमाडौँ : हालै सम्पन्न नाइमा मोबिलिटी एक्सपोमा म्याक्सस ई-टेरेन (eTERRON 9) विद्युतीय पिकअपले उल्लेखनीय सफलता हासिल गरेको छ। नेपालका लागि आधिकारिक वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरक्स प्रालिले एक्सपो अवधिभर कुल ४४ वटा म्याक्सस ई-टेरेन पिकअप बुकिङ भएको जानकारी दिएको छ।

    कम्पनीका अनुसार बुकिङ भएका कुल सवारी साधनमध्ये कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा रहेका छन्।

    मूल्य तथा छुट सुविधा

    करिब तीन हप्ता अघि मात्र नेपाली बजारमा सार्वजनिक गरिएको यस पिकअपको कम्फर्ट भर्सनको बजार मूल्य ८८ लाख रुपैयाँ तोकिएको थियो भने एक्सपोमा २ लाख रुपैयाँ छुट प्रदान गरिएको थियो। त्यसैगरी १ करोड २८ लाख रुपैयाँ मूल्य पर्ने प्रिमियम भर्सनमा ५ लाख रुपैयाँसम्मको छुट छुट्याइएको थियो।

    एक्सपोमा सार्वजनिक गरिएको उक्त विशेष अफरलाई ग्राहकको उच्च माग र आग्रहलाई ध्यानमा राख्दै कम्पनीले भदौ १५ गतेसम्मका लागि विस्तार गर्ने निर्णय गरेको छ। छुट सुविधासहित गाडी बुकिङ गर्न इच्छुक ग्राहकले काठमाडौंको हात्तीसारस्थित म्याक्सस सोरुममा सम्पर्क गर्न सक्नेछन्।

    बहुउपयोगी र आधुनिक फिचरका कारण ग्राहकको रोजाइ

    ‘परिवार र व्यवसायका लागि एउटै सवारी’ भन्ने अवधारणासहित बजारमा ल्याइएको म्याक्सस ई-टेरेनले छोटो समयमै नेपाली अटोमोबाइल क्षेत्रमा राम्रो पकड बनाएको छ। विशेष गरी युवा पुस्ता, क्याम्पिङमा रुचि राख्नेहरू तथा कच्ची र अफ-रोड सडकमा नियमित यात्रा गर्ने सवारी धनीहरूले यसलाई बढी रुचाएको पाइएको छ।

    आक्रामक डिजाइन, अत्याधुनिक सुविधा, उच्च ग्राउन्ड क्लियरेन्स र निजी तथा व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न सकिने लचिलो क्षमताका कारण ई-टेरेनप्रति आकर्षण बढेको हो। कन्स्ट्रक्सन तथा हाइड्रोपावर क्षेत्रमा काम गर्ने व्यवसायीका लागि समेत उच्च ग्राउन्ड क्लियरेन्स र विद्युतीय ड्राइभट्रेनका कारण यो पिकअप उपयोगी तथा किफायती विकल्प बन्न सक्ने कम्पनीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ