२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

झिनो अंकले घट्याे नेप्से, ३ अर्ब २९ करोडको कारोबार

images

  • २०८३ भदौ ३, बुधबार
  • 326
    SHARES
  • झिनो अंकले घट्याे नेप्से, ३ अर्ब २९ करोडको कारोबार

    काठमाडौँ : आज बुधबार नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ०.२६ अंकको घटेर २ हजार ६ सय २२ दशमलव २२ विन्दुमा पुगेको हो ।

    हिजो मंगलबार ५ अर्ब ७ करोड भन्दा बढी रुपैयाँको सेयर किनबेच भएको बजारमा आज बुधबार ३ अर्ब २९ करोड ८० लाख भन्दा बढी रुपैयाँको कारोबार भएको छ। आज दिनभरिमा कुल ३ सय ४६  वटा कम्पनीका ९५ लाख ८ हजारभन्दा बढी कित्ता सेयरहरू ४२ हजार ७० पटक खरिदबिक्री भएका छन्।

    यस्तै, आज सबैभन्दा धेरै माउन्ट एभरेष्टका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशत, सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै मनकामना इन्जिनियरिङका लगानीकर्ताले ८ दशमलव ४५ प्रतिशतका दरले गुमाएका छन्।

    आज सबैभन्दा धेरै सहास ऊर्जा १७ करोड ५२ लाख , सोलु हाइड्रोको १६ करोड ६६ लाख रुपैयाँ तथा रिलायन्स स्पिनिङ्ग मिल्सको १५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज १ सय १० कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ