काठमाडौं : स्थानीय बजारमा आज सोमबार दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ६३ हजार ३० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ६१ हजार ६ सय ६० रुपैयाँ रहेको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा किनबेच भएको थियो। यस आधारमा आज चाँदी प्रतितोला ६० रुपैयाँले महँगिएको छ।