२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कुन वाणिज्य बैंकको लाभांश क्षमता कति ?

images

  • २०८३ भदौ १, सोमबार
  • 266
    SHARES
  • कुन वाणिज्य बैंकको लाभांश क्षमता कति ?

    काठमाडौँ : गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले कुल ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यी बैंकहरूको कुल नाफा ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ रहेको थियो ३२.३२ प्रतिशतको उल्लेख्य वृद्धि हो ।

    कुन बैंकको कति लाभांश क्षमता :

    एभरेष्ट बैंक : बैंकहरूमध्ये सबैभन्दा बढी ३८.३२ प्रतिशत लाभांश क्षमता बनाएर एभरेष्ट बैंक पहिलो स्थानमा रहेको छ, जुन अघिल्लो वर्ष यस बैंकको क्षमता ३७.८० प्रतिशत थियो।

    सिद्धार्थ बैंक : २६.१५ प्रतिशत लाभांश क्षमतासहित सिद्धार्थ बैंक दोस्रो स्थानमा छ, जुन अघिल्लो वर्ष १३.०४ प्रतिशत मात्र थियो।

    सानिमा बैंक : २०.८५ प्रतिशत लाभांश क्षमता बनाएर तेस्रो स्थानमा रहेको छ , जुन अघिल्लो वर्ष १५.४८ प्रतिशत थियो।

    अन्य बैंकहरू : नबिल बैंकले १९.१० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९.०९ प्रतिशत, नेपाल बैंकले १५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकले १२.०२ प्रतिशत र नेपाल एसबीआई बैंकले ११.०४ प्रतिशत लाभांश क्षमता रहेको छ।  
    कायम गरेका छन्।

    यस्तै, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक र कुमारी बैंकहरुको लाभांश क्षमता एकल अंकमा सीमित रहेको छ। यसैगरि, प्रभु बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको लाभांश क्षमता शून्य रहेको छ।

    बैंकहरूको समग्र नाफामा ठूलो सुधार आए पनि खराब कर्जाका कारण भएको कर्जा नोक्सानी व्यवस्थाले गर्दा लाभांश क्षमतामा भने सोही अनुपातमा सुधार हुन सकेको छैन। प्राप्त विवरणअनुसार गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये १५ वटा मात्र लाभांश वितरण गर्न सक्ने अवस्थामा रहेका छन् भने ४ वटा बैंकको लाभांश क्षमता शून्य रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ