काठमाडौँ : आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब ६३ करोड ७६ लाख ५० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बीमाशुल्क १८ अर्ब ५४ लाख ७० हजार ३ सय रुपैयाँ रहेको थियो जुन कुल खुद बीमाशुल्क संकलन ८.७७ प्रतिशतले बढेको छ भने अधिकांश कम्पनीको व्यवसाय बढे पनि दुई कम्पनीको खुद बीमाशुल्क घटेको छ।
निर्जीवन बीमा कम्पनीहरू विवरण यसप्रकार रहेका छन्।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स : यस समीक्षा अवधिमा २ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको थियो जुन १०.७२ प्रतिशतले बढेको हो।
हिमालयन एभरेष्ट इन्स्योरेन्स : यस अवधिमा २ अर्ब २१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष २ अर्ब २ लाखरुपैयाँ आर्जन गरेको थियो जुन ९.७४ प्रतिशतले बढेको हो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स : यस समीक्षा अवधिमा २ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष २ अर्ब १२ करोड आर्जन गरेको थियो जुन २.९२ प्रतिशतले बढेको हो।
शिखर इन्स्योरेन्स कम्पनी : यस अवधिमा १ अर्ब ९५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष १ अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको थियो जुन १०.६४ प्रतिशतले बढेको हो।
नेको इन्स्योरेन्स कम्पनी : यस समीक्षा अवधिमा १ अर्ब ९४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष १ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको थियो जुन २.१० प्रतिशतले बढेको हो।
ओरिएन्टल इन्स्योरेन्स : यस अवधिमा १ अर्ब ५९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष १ अर्ब २७ करोड रुपैयाँ आर्जन गरेको थियो जुन २४.७९ प्रतिशतले बढेको हो।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स : यस समीक्षा अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष १ अर्ब ३६ करोड रुपैयाँ आर्जन गरेको थियो जुन ६.६८ प्रतिशतले बढेको हो।
युनाइटेड अजोड इन्स्योरेन्स : यस अवधिमा १ अर्ब ३३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष १ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको थियो जुन ७.९० प्रतिशतले बढेको हो।
एनएलजी इन्स्योरेन्स : यस समीक्षा अवधिमा १ अर्ब १५ करोड ९६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष ९८ करोड रुपैयाँ आर्जन गरेको थियो जुन १७.९९ प्रतिशतले बढेको हो।
नेपाल इन्स्योरेन्स : यस अवधिमा १ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष ९५ करोड रुपैयाँ आर्जन गरेको थियो जुन १८.१५ प्रतिशतले बढेको हो।
सानिमा जिआइसी इन्स्योरेन्स : यस समीक्षा अवधिमा ८३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष ७६ करोड रुपैयाँ आर्जन गरेको थियो जुन ९ प्रतिशतले वृद्धि हो ।
प्रभु इन्स्योरेन्स : यस अवधिमा ६९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष ६५ करोड रुपैयाँ आर्जन गरेको थियो जुन ६.४२ प्रतिशतले बढेको हो।
नेशनल इन्स्योरेन्स : यस समीक्षा अवधिमा ५६ करोड खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष ६५ करोड रुपैयाँ आर्जन गरेको थियो जुन १२ प्रतिशतले घटेको हो ।
राष्ट्रिय बीमा कम्पनी : यस अवधिमा २३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष २४ करोड आर्जन गरेको थियो जुन ६ प्रतिशतले घटेको हो ।