काठमाडौँ : नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५० रुपैयाँले बढेको छ।
महासंघका अनुसार आजको छापावाल सुनको प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ भने शुक्रबार ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ६ सय ६० रुपैयाँ कायम भएको छ।
यसैगरी, महासंघका अनुसार आजको चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ कायम भएको छ भने शुक्रबार प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तराष्ट्रिय बजारमा हुने परिवर्तन र डलरको विनिमय दरका आधारमा नेपालमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुने गर्दछ।