२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिटिजन लाइफको नाफा दोब्बरभन्दा बढीले वृद्धि, खुद बीमाशुल्क झन्डै ९ अर्ब

images

  • २०८३ साउन २९, शुक्रबार
  • 661
    SHARES
  • सिटिजन लाइफको नाफा दोब्बरभन्दा बढीले वृद्धि, खुद बीमाशुल्क झन्डै ९ अर्ब

    काठमाडौँ : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार समीक्षा वर्षमा कम्पनीको नाफा तथा बीमा कोषको आकारमा उल्लेख्य सुधार आएको छ।

    गत आर्थिक वर्षमा कम्पनीले ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १८ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको खुद नाफा समीक्षा वर्षमा १०६.६३ प्रतिशतले बढेको हो।

    जीवन बीमा कोष : अघिल्लो वर्ष १९ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ रहेको जीवन बीमा कोष ३६.१२ प्रतिशतले बढेर २७ अर्ब २ करोड ६६ लाख रुपैयाँ पुगेको छ।

    कुल बीमाशुल्क आर्जन : २४.१९ प्रतिशतको वृद्धिसँगै कुल बीमाशुल्क आर्जन ९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ पुगेको छ (अघिल्लो वर्ष: ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ)।

    खुद बीमाशुल्क आर्जन : अघिल्लो वर्ष ७ अर्ब १३ करोड २१ लाख रुपैयाँ रहेकोमा २५.८७ प्रतिशतले बढेर ८ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ कायम भएको छ।

    वित्तीय विवरणका सूचकहरू : 

    चुक्ता पुँजी : ५ अर्ब रुपैयाँ

    प्रतिशेयर आम्दानी (EPS) :  ७.८२ रुपैयाँ

    प्रतिशेयर नेटवर्थ : १३१.६० रुपैयाँ 

    पीई रेसियो: ५५.६७ गुणा 

    कम्पनीको शेयर प्रिमियम : ४४ करोड ९६ लाख रुपैयाँ

    महाविपत्ति कोष : २६ करोड ९४ लाख रुपैयाँ

    रिटेन्ड अर्निङ : ४९ करोड ८३ लाख रुपैयाँ 

    अन्य इक्विटी : ३६ करोड २६ लाख रुपैयाँ 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ