काठमाडौं : आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम छापावाल सुनको मूल्य आज २ लाख ६२ हजार ५ सय २० रुपैयाँ पुगेको छ। बुधबार यसको मूल्य २ लाख ६२ हजार ९ सय ४५ रुपैयाँ रहेको थियो।
यसैबीच, चाँदीको मूल्य भने आज प्रतितोला ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



