काठमाडौँ : शिवम सिमेन्टले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
मुख्य वित्तीय विवरणहरू:
खुद नाफा : गत आर्थिक वर्षमा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीले ७९ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा नाफा १.७२ प्रतिशतले घटेको छ।
बिक्री आम्दानी : समीक्षा वर्षमा कम्पनीले उत्पादन बिक्रीबापत ६ अर्ब ९२ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा व्यापारबाट हुने आम्दानी १०.८७ प्रतिशतले कम भएको छ।
व्यापार खर्च : गत आर्थिक वर्षमा कम्पनीको कुल व्यापार खर्च ५ अर्ब ३२ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको व्यापार खर्च ६ अर्ब ३ करोड ९८ लाख रुपैयाँ थियो। यस आधारमा व्यापार खर्च ११.८३ प्रतिशतले घटेको देखिन्छ।
प्रतिशेयर आम्दानी र नेटवर्थ :
चुक्तापुँजी : ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ
वार्षिकृत प्रतिशेयर आम्दानी (EPS): १४.०३ रुपैयाँ
प्रतिशेयर नेटवर्थ: १८८.७६ रुपैयाँ



