२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अब नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने

images

  • २०८३ साउन २५, सोमबार
  • 396
    SHARES
  • अब नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने

    काठमाडौँ : स्मार्ट नागरिकका लागि थप सहज र प्रविधिमैत्री बैंकिङ अनुभव प्रदान गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा एपमार्फत नै सीधै व्यक्तिगत बचत खाता खोल्न सकिने नवीन सेवाको सुरुवात गरेको छ। नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको यो सेवा मार्फत अब बैंकको शाखामा गएर लामो फारम भर्नुपर्ने झन्झटबाट मुक्ति पाइनेछ।

    यस नयाँ सेवाबाट लाभ लिनका लागि १८ वर्ष वा सोभन्दा माथि उमेर पुगेका, राष्ट्रिय परिचयपत्र प्राप्त गरेका र नागरिक एपमा आबद्ध नेपाली नागरिकहरू योग्य हुनेछन्। योग्यता पुगेका सेवाग्राहीले बैंकको वेबसाइट वा विशेष लिङ्कमा उपलब्ध क्यूआर कोडमार्फत आफ्नो प्रक्रिया अगाडि बढाउन सक्नेछन्।

    खाता खोल्ने प्रक्रिया अति नै सरल र छिटो बनाइएको छ। यसका लागि प्रयोगकर्ताले आफ्नो स्मार्टफोनको नागरिक एप खोलेर बैंकको पोर्टलमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। स्क्यान गरेपछि एपमा देखिने पप-अप सन्देशमा अनुमति दिएसँगै नागरिक एपमा सुरक्षित रूपमा रहेका व्यक्तिगत विवरणहरू स्वतः बैंकको प्रणालीमा भरिनेछन्।

    यसरी सरकारी डिजिटल पूर्वाधारको अधिकतम उपयोग गर्ने यस प्रणालीले बारम्बार विवरण टाइप गरिरहनुपर्ने झन्झट हटाउनुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षालाई पूर्ण रूपमा सुनिश्चित गर्दछ। फारम पेस गरेपछि खाता पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि घरबाटै भिडिओ केवाईसी (Video KYC) वा नजिकैको शाखा कार्यालयमार्फत प्रमाणीकरण गर्न सकिने व्यवस्था मिलाइएको छ।

    ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३४२ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

    यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

    gbime nagarik.jpg
    Global Ime Bank
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ