काठमाडौँ : नेपाली स्थानीय बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो, जबकि अघिल्लो दिन सुनको मूल्य एकैदिन ४ हजार ८ सय रुपैयाँले बढेको थियो।
महासंघका अनुसार १० ग्राम सुनको मूल्यमा पनि गिरावट दर्ता भएको छ। सोमबार १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ४९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ५८ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार आज १० ग्राम सुन १७० रुपैयाँले सस्तिएको छ।
सुनको मूल्य घट्दा यता चाँदी भने महँगिएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ।



