२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ठमेलको शान्ति, सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने अन्तर्क्रिया सम्पन्न

images

  • २०८३ साउन २४, आइतबार
  • 1.4K
    SHARES
  • ठमेलको शान्ति, सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने अन्तर्क्रिया सम्पन्न

    काठमाडौं : पर्यटकीय नगर  ठमेलको शान्ति–सुरक्षा र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी तथा पर्यटकमैत्री बनाउने उद्देश्यले सुरक्षा निकायका प्रमुखहरूसँग महत्वपूर्ण अन्तर्क्रिया सम्पन्न भएको छ।

    ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज परिषद्को सभा कक्षमा आयोजित कार्यक्रममा ठमेल क्षेत्रसँग सम्बन्धित विभिन्न सुरक्षा निकायका प्रमुखज्यूहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी अधिकारीहरूले आपसी परिचय तथा शुभेच्छा आदान–प्रदान गर्दै ठमेलको सुरक्षा व्यवस्थापन र ट्राफिक प्रणालीलाई अझ बढी व्यवस्थित बनाउने विषयमा गहन छलफल गरेका छन्।

    सभाको मुख्य विषयहरू :

    ठमेलमा आउने स्वदेशी तथा विदेशी पर्यटक, व्यवसायी, स्थानीय बासिन्दा र आम नागरिकले सुरक्षित, सहज तथा मर्यादित वातावरणमा आवतजावत र व्यावसायिक गतिविधिको सञ्चालन गर्न सक्ने अवस्था सिर्जना गर्नु सबैको साझा जिम्मेवारी भएको कुरामा जोड दिइएको छ।

    यातायात व्यवस्थापनलाई सहज बनाउनुका साथै ठमेलको रात्रिकालीन गतविधिलाई सुरक्षित र मर्यादित बनाउन आवश्यक सुरक्षा प्रक्रिया निर्माण गरिने निर्णय भएको छ। आगामी दिनमा ठमेल पर्यटन विकास परिषद् र सम्बन्धित सुरक्षा निकायहरूबीच निरन्तर समन्वय, सहकार्य तथा सूचना आदान–प्रदानलाई थप प्रभावकारी बनाइने निर्णय भएको छ।

    "सुरक्षित ठमेल, व्यवस्थित ठमेल — पर्यटकमैत्री ठमेल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।"

    कार्यक्रमको समापन गर्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजु मान डंगोलले ठमेललाई अझ सुरक्षित, व्यवस्थित र आकर्षक गन्तव्यका रूपमा विकास गर्न सबै पक्षको सक्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन्।

    कार्यक्रमको केहि झलकहरु : 

    1.jpg
    Thamel Tourism Development Council
    2.jpg
    Thamel Tourism Development Council

    4.jpg

    5.jpg

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ