२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनचाँदी दुवैको मूल्य बढ्यो : एकैदिन ८ हजार रुपैयाँ बढ्यो सुन

images

  • २०८३ साउन २१, बिहीबार
  • 15.5K
    SHARES
  • सुनचाँदी दुवैको मूल्य बढ्यो : एकैदिन ८ हजार रुपैयाँ बढ्यो सुन

    काठमाडौँ : नेपालको स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा आकाशिएर नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो। यसरी एकै दिनमा सुनको मूल्य ८ हजार रुपैयाँले बढेको छ भने दुई दिनको अन्तरालमा सुनको मूल्य कुल १२ हजार २ सय रुपैयाँले महँगिएको छ।

    सुनसँगै १० ग्राम सुनको मूल्यमा पनि भारी वृद्धि भएको छ। १० ग्राम सुनको कारोबार बढेर २ लाख ५३ हजार ७ सय ७० रुपैयाँमा पुगेको छ, जुन अघिल्लो दिन २ लाख ४६ हजार ९ सय १५ रुपैयाँ रहेको थियो। 

    यता, चाँदीको मूल्यमा पनि उकालो लाग्ने क्रम जारी रहेको छ। आज चाँदी प्रतितोला ४ हजार ५ सय ७० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ४ हजार ४ सय ७५ रुपैयाँ थियो। यसअनुसार एकै दिन चाँदीको मूल्यमा ९५ रुपैयाँले वृद्धि भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ