काठमाडौँ : आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज स्थानीय बजारमा पहेँलो धातुको मूल्य उकालो लागेको हो।
आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। जुन अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढी हो। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४३ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ४२ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ३ सय ५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।



