२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अवैध बेटिङ नियन्त्रणमा प्राधिकरणको कडाइ: २ लाख २३ हजार ५६८ डिजिटल प्लेटफर्म ब्लक

images

  • २०८३ साउन ८, शुक्रबार
  • 491
    SHARES
  • अवैध बेटिङ नियन्त्रणमा प्राधिकरणको कडाइ: २ लाख २३ हजार ५६८ डिजिटल प्लेटफर्म ब्लक

    काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले देशमा सञ्चालित अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबार नियन्त्रण गर्ने क्रममा २ लाख २३ हजारभन्दा बढी वेबसाइट र मोबाइल एपमाथि प्रतिबन्ध लगाएको छ।

    गएको चैत १३ गते सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधारको कार्यसूचीमा समेटिएको अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) नियन्त्रणसम्बन्धी नीतिअनुसार प्राधिकरणले यो कारबाही अघि बढाएको हो। उक्त कार्यसूचीको ४२ औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २४ घण्टाभित्र अनलाइन बेटिङका प्लेटफर्म बन्द गर्नुपर्ने व्यवस्था गरिएको थियो।

    प्राधिकरणका अनुसार पुराना वेबसाइट र एप बन्द गरिए तापनि नयाँ नाममा यस्ता अवैध सञ्जाल पुनः सक्रिय हुने गरेका छन्। विशेषगरी फिफा विश्वकपको समयमा यस्ता गतिविधि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोपछि नियमन कार्यलाई तीव्र बनाइएको थियो।

    अनुगमन तथा कारबाही प्रक्रियालाई प्रभावकारी बनाउन प्राधिकरणले छुट्टै कार्यदल गठन गरी इन्टरनेट सेवा प्रदायक (ISP) का प्रतिनिधिहरूसँगको प्रत्यक्ष समन्वयमा अवैध वेबसाइट र एपहरू ब्लक गर्ने काम निरन्तर गरिरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ