काठमाडौँ : नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। पछिल्लो दुई दिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार प्रतितोला ६ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको कारोबार प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उछाल आएको छ। आज चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले वृद्धि भई ४ हजार ३ सय २० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार चाँदी प्रतितोला ४ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।



