२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनचाँदीको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ३,१०० रुपैयाँ घट्यो

images

  • २०८३ साउन १, शुक्रबार
  • 766
    SHARES
  • सुनचाँदीको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ३,१०० रुपैयाँ घट्यो

    काठमाडौँ : नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै नेपाली बजारमा सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण स्थानीय बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन (बिहीबार) प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ओरालो लागेर २ लाख ८२ हजार १ सय रुपैयाँ कायम भएको छ।

    सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बिहीबार प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा बिक्री भएको चाँदी शुक्रबार १ सय २५ रुपैयाँले घटेर ४ हजार २ सय रुपैयाँमा सीमित भएको छ।

    बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातु, कच्चा तेल तथा अमेरिकी डलरको विनिमय दरमा आएको तीव्र उतारचढावले नेपाली बजारलाई सिधै प्रभाव पारेको हो। यसका साथै पछिल्लो समय विकसित भएको अमेरिका र इरानबीचको भू-राजनीतिक तनावका कारण पनि विश्वव्यापी रूपमै सुनचाँदीको कारोबार प्रभावित हुन पुगेको बताइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ