२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्दै

images

  • २०८३ असार २६, शुक्रबार
  • 461
    SHARES
  • अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्दै

    काठमाडौँ : नेपाली बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) जम्मा भएपछि नेपाल राष्ट्र बैंकले आज (असार २६ गते) पुनः ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने भएको छ। केन्द्रीय बैंकले बजारमा रहेको थप रकम व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्न लागेको हो। यस प्रक्रियाका लागि आज दिउँसो ३ बजे बोलकबोल (बिडिङ) हुने तय भएको छ।

    निक्षेप संकलनका मुख्य सर्तहरू :

    सहभागिता : राष्ट्र बैंकले निष्कासन गरेको यस उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

    बोलकबोल सीमा : इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम सीमाको हकमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकम (६० अर्ब) सम्मका लागि आवेदन दिन सक्नेछन्।

    ब्याजदर : बोलकबोल प्रक्रिया ब्याजदरमा आधारित हुनेछ, जसमा एकल वा बहुब्याजदर दुवै ढाँचामा बोलकबोल गर्न सकिने सुविधा दिइएको छ।

    भुक्तानी अवधि : यो निक्षेप संकलन उपकरण कुल ९१ दिनको अवधिको रहनेछ। यसको साँवा तथा आर्जित ब्याज भुक्तानी आउँदो असोज २३ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ