२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

images

  • २०८३ असार ७, आइतबार
  • 496
    SHARES
  • आज  सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ : आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार तोलामा १० हजार ५ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो। 

    महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार ३ सय रूपैयाँमा किनबेच भइरहेको छ भने शुक्रबार प्रतितोला २ लाख ८६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, शुक्रबार प्रतितोला ४ हजार ६ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४ हजार ६ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ। जुन मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार १ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ